पुनर्संरचना आयोगले प्रतिवेदन बुझ्न सरकारलाई पत्र पठायो

38
Want create site? Find Free WordPress Themes and plugins.

पुस११–

स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझिलिन सरकारलाई पत्र पठाएको छ । आयोगले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएर प्रतिवेदन बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समय माग गरेको हो । यसअघि पुस १ गते आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रधानमन्त्रीसँग भेटेर समय माग गर्नुभएको थियो । भेटमा प्रधानमन्त्रीले पुस ५ गते मंगलबारसम्म जवाफ पठाउने बताउनुभएको थियो । तर झण्डै एक हप्ता वितिसक्दा पनि प्रधानमन्त्री कार्यालयबाट जवाफ नआएपछि आयोगले लिखित पत्राचार गरेरै पुनः ताकेता गरेको आयोगका सदस्य लक्ष्मी कुमारी चौधरीले जानकारी दिनुभयो । स्थानीय तहको सीमा र संख्या निर्धारणको काम सकिएको र प्रतिवेदनसमेत तयार भएकाले प्रधानमन्त्रीको समय मिलाइदिन आग्रहसहित पत्र पठाइएको उहाँले बताउनुभयो । संविधानको कार्यान्वयन र समयमा स्थानीय तहको चुनावलाई बाधा नपुगोस् भनेर आयोगले पुनर्संरचनाको काम तीव्रगतिमा सकेको हो । यसअघि छिटो प्रतिवेदन तयार पार्न आयोगलाई ताकेता गरेको सरकार प्रतिवेदन बुझ्नबाट भने पन्छिइरहेको आयोगले जनाएको छ । राजनीतिक दलहरुबीच अहिलेकै स्थानीय निकायको संरचनामा चुनावमा जाने छलफल चलिरहेको र निर्णय नभएकाले सरकार प्रतिवेदन बुझ्न अप्ठ्यारो छ । अधिकतम ७ सय ४४ को संख्या भएपनि आयोगले ७ सय २५ देखि ७ सय ३० भित्र अट्ने गरी स्थानीय तह निर्धारण गरेको छ । आयोगको म्याद भने फागुन मसान्तसम्म छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here