Want create site? Find Free WordPress Themes and plugins.

पुस,२६–

पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी नारायणहिटी छाडेको बताउनुभएको छ । पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा विज्ञप्ती निकालेर पूर्व राजा ज्ञानेन्द्रले राजदरबार छाडेपनि राष्ट्र प्रतिको जिम्मेवारीबाट पछि नहटेको बताउनुभयो ।  आफूले नारायणहिटी छाडेको एक दशक नपुग्दै देश बन्ने भन्दा पनि नबच्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै पूर्वराजाले देशलाई कसैको क्रिडास्थल नभएको र हुन नदिने उल्लेख गर्नुभएको छ । विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गरिरहेको भन्दै उहाँले यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव जोगाउन, नेपालीबिचको एकतालाई जीवन्त र स्थायी बनाउन, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन पूर्व राजा ज्ञानेन्द्रले आह्वान गर्नुभएको छ ।

यस्तो छ विज्ञप्ती

पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट २९५ औं पृथ्वी जयन्तीका उपलक्ष्यमा २०७३ पौष २७ गते बक्सेको शूभकामना श्री छ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणमस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रियता एकता र सामाजिक सद्भाव संक६मा पर्नू हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ । चारवर्ण छत्तीस जातको साझा फुलवारीकोरूपमा रहेको यस मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय अखणडतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् । यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रियता पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ । स्मरणय छ, नेपाली जनताको इच्५ा नै राजइच्५ा हूने परंपरा रही आएको यस मूलूकमा तत्कालिक परिस्थिति समेतलाई दृष्६िगत गरी हामी नारायणहि६ी राजदरवारबा६ बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्५िएको महसुस हामीले कहिल्यै गरेका ५ैनौं र गर्ने पनि छैनौं । दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपूगेका छाै । देश कसैको क्रिडास्थल होइन, हून सक्दैन र हून दिइनू पनि हूंदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डाेरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ । नेपाली भनेका जो जहां रहे बसे पनि नेपाली नै हून् । देशमाथि संक६ आइपर्दा कसरी एकतावद्ध हून्५न् भन्ने हामीले उदाहरण बन्नू परेको छ । विश्व समूदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहंदा हामी भने थप विपन्नतातर्फ अग्रसर हूंदै  छाै । विश्वमा राष्ट्रवादी भावनाको जागरण आउंदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आंच पूग्ने व्यवहार प्रस्तूत गर्दै५ौं । यस्तो दस्ूखद र विडम्वनापुर्ण अवस्थाको अन्त्य हूनै पर्द५ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हूनूका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रियता झणडा मूनि गोलवद्ध हून आव्हान गर्दछु। श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here