पूर्वाञ्चलमा पेट्रोल आएपनि डिजेल अभाव कायमै

29
Want create site? Find Free WordPress Themes and plugins.

२० फागुन, विराटनगर । भारतले नाकाबन्दी खुकुलो पारेसंगै मागको अनुपालमा पेट्रोलीयम पदार्थ नेपाल भित्रिरहेका छन् । तर मुलुकको पूर्वी क्षेत्रमा डिजेल आयात पर्याप्त नहुँदा अभाव कायमै देखिएको छ ।

भारतको वरैनी डिपोवाट प्रर्याप्त मात्रामा डिजेल नआउदा कोशी अञ्चलका जिल्लाहरुमा डिजेलको अभाव यथावत रहेको छ । यद्यपी पेट्रोल भने सहज रुपमा विक्री भइरहेको छ ।

अन्यको तुलनामा सुनसरी र मोरङ जिल्लामा डिजलको निक्कै अभाव देखिएके छ । यी जिल्लाहरुमा औद्योगिक क्षेत्र रहेकाले डिजेलको माग बढेको हो । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार भारतीय बरौनी डिपोले पर्याप्त इन्धन नदिएका कारण अभाव कायमै रहेको बताए ।

आयल निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख भुवन रेग्मीले भने, ‘अहिले वरैनी डिपोवाट माग अनुपातको तुलनामा एक तिहाई मात्र डिजेल दिइरहेको छ ।’ वरैनीवाट अहिलेको दैनिक ३ देखि ४ सय किलोलिटर डिजल आउने गरेको छ । अहिलेको माग कोशीमा दैनिक ९ सयदेखि १ हजार किलोलिटर छ ।

डिपो प्रमुख रेग्मीले भने,- ‘डिजलको मात्र वढाउन मैले केही दिन अघि वरैनीका डिपो प्रमुख राजेन्द्र प्रसादसंग कुराकानी गरेको थिएँ तर अवस्थामा सुधार भएको छैन ।’ उनले वरैनी डिपोले डिजलको सहज आपुर्ति नगरेसम्म डिजलको सहजता हुन अब केही दिन लाग्ने वताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here