पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस पल्टिँदा घाइते भएका सातमध्ये ३ को ज्यान गयो

66
Want create site? Find Free WordPress Themes and plugins.

असार,२०-

इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस पल्टिँदा घाइते भएका सातमध्ये तीनजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार, घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।

उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए । तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताए । घाइते अन्य तीनजनाको अवस्था भने सामान्य छ । काठमाडौंबाट धनगढी जान तीव्रगतिमा आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो ।

रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here