पेनाल्टी गोलसँगै लिभरपुलको अर्को जित

71
Want create site? Find Free WordPress Themes and plugins.

असोज, १५

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले स्वान्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा स्वान्सीले आठौं मिनेटमा नै लिरोय फरको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा यसलाई जोगाउन सकेन । ५४ औं मिनेटमा लिभरपुलका फिर्मिनोले बराबरी गोल फर्काए । विपक्षीमाथि लगातार दबाव बढाएको भ्रमणकारी टोलीले खेलको ८४ औं मिनेटमा पेनाल्टी पायो । र, मिल्नरले कुनै गल्ती गरेनन् । यही पेनाल्टी गोलको मदतमा लिभरपुलले सात खेलमा पाँचौं जित हात पारेको छ र १६ अंक भएको छ । स्वान्सीले भने ५ खेल हारेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here