पोखरामा एनसेल मेला

35
Want create site? Find Free WordPress Themes and plugins.

असोज २ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वकोे अवसरमा पोखरामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना गरिएको एनसेल मेलामा पोखरेलीका साथै पर्यटकहरुका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । मेलाको मुख्यआकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टल थिए । एकदिने एनसेल मेला बिहीबार नारायणघाटको नारायणी किनारमा पनि सम्पन्न भएको थियो । मेलामा सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले गीत गाएका थिए । यस्तै, हाँस्यकलाकार सन्दिप क्षेत्रीको हास्यब्यग्य कार्टुन्ज क्रु र युभिएन्जल्स्को प्रस्तुतीमा उपस्थित दर्शम झुमेका थिए । मेलामा आगन्तुकका लागि नेपाली, ईण्डियन र चाईनिज परिकारको फुड स्टलका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ लगायत गतिविधि पनि गरिएको थियो । सेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले चाडपर्वको शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न पाउँदा निकै हर्षित भएको बताउनुभयो । एनसेल मेला असोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा गरिनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here