पोखरामा प्याराग्लाइडिङ प्री वर्ल्डकपका क्रममा दुर्घटना, फेवातालमा खसेका ७ को उद्धार

20
Want create site? Find Free WordPress Themes and plugins.

१८ फागुन, पोखरा । पोखरामा जारी प्याराग्लाइडिङ प्री वर्ल्डकप अन्तर्गतको प्रतिपर्धाका क्रममा दुर्घटना भएको छ । खराव मौसमका कारण दुर्घटनामा परि फेवातालमा खसेका सात पाइलटको सकुशल उद्धार गरिएको छ ।

प्रतियोगिता अन्तर्गतको प्रतिस्पर्धाका क्रममा अचानक ठूलो हावा चलेपछि पाइलटले अवतरण गर्न लाग्दा सामान्य दुर्घटना भएको आयोजकले जानकारी दिएको छन् ।

बिदेशी पाइलटहरुले उडाइरहेको प्यारासुट अवतरणका क्रममा अनियन्त्रित भएको हो । अवतरणका क्रममा उनीहरु फेवातालमा खसेका थिए । पाइलटले लगाएको हार्नेसका कारण उनीहरु पानीमा तैरिएका थिए र लगत्तै उद्धार गरिएको थियो ।

अर्का एक पाइलट भने अवतरणकै क्रममा अर्मलास्थित रुखमा अडि्कएका थिए । उनलाई पनि सकुशल उद्धार गरिसकिएको छ । उनीहरु सबै सामान्य अवस्थामा छन् ।

सराङकोटबाट उडेर फेवातालको पश्चिम किनारमा अवतरण गर्नुपर्ने भएपनि २ प्रतिष्पर्धीले खराब मौषमका कारण फरक ठाउँमा अवतरण गरेका छन् । निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा र अर्का एक जना घार्मी नजिक अवतरण भएको बताइएको छ ।

सो भुमरीमा परी अन्य पनि बेपत्ता भएको आशंकामा थप खोजी भइरहेको नेपाल हवाई खेलकुद संस्था ‘ना’ पोखराले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here