प्रचण्डलाई मोदीले टेलीफोन गरेर बधाइ दिए

32
Want create site? Find Free WordPress Themes and plugins.

१९ साउन,
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिएका छन् । साथै उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्रीले प्रचण्डलाई टेलिफोन गरेका हुन् । फोनमा मोदीले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना गरेका थिए ।

टेलिफोन सम्वादमा मोदीले चाँडै भारत भ्रमणका लागि प्रचण्डलाई आग्रहसमेत गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

यसैगरी ९ महिना अघि प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी ओलीलाई पनि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाइ तथा शुभकामना दिएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here