प्रचण्ड प्रधानमन्त्री भएपछि ओली पहिलो पटक बालुवाटारमा

36
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,१०

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगसँगै विकसित राजनीतिक घटनाक्रमबारे प्रमुख तीन दलका शीर्ष तीन नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्षको पहलमा बुधबार बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । आफूलाई हटाएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि ओली बालुवाटार गरेको पहिलो पटक हो । यसअघि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा ओली सहभागी भएका थिएनन् । तर, लोकमानविरुद्धको महाअभियोगलाई लिएर प्रचण्ड र ओलीबीच लगातार छलफल हुँदै आएको छ । कांग्रेस सभापति देउवा समेत उपस्थित छलफलमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग, संविधान संशोधन तथा कार्यान्वयनबारे कुराकानी भएको थियो । बुधबारको बैठकमा तीन दलका तीन शीर्ष नेताबीच सम्वाद जारी राख्ने समझदारी भएको छ । बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले समसामयिक विषयमा छलफल भएको भन्दै मिलेर जाने समझदारी बनेको जानकारी दिए । साथै संविधान संशोधन, कार्यान्वयन, महाअभियोग लगायतका विषय सहमतिका आधारमा टुंगो लगाउन सकारात्मक छलफल प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here