प्रचण्ड र प्रबुद्ध समू्हका सदस्यबीच भेटवार्ता

5
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२४-

नेपाल-भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समू्हको नेपाली प्रतिनिधि मण्डलले माओवादी केन्ऽका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिनिधि मण्डलले प्रचण्डसँग भेट गरेको हो । भेटमा समूहले नेपाल-भारत सीमा सम्बन्ध र सन्धि पूनरावलोकनबारे भएको प्रगतिबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएको थियो । प्रतिनिधि मण्डलले हालसम्म पाँचपटक द्वीपक्षीय बैठक बसेको र सन् १९५० को सन्धि र सीमा व्यवस्थापनबारे छलफल जारी रहेको अवगत गराएको थियो ।

भेटमा प्रचण्डले नेपाल-भारतबीच विगतमा भएका सन्धि, सम्झौतालाई नयाँ आधारमा पूनरावलोकन गर्ने दिशामा भूमिका खेल्न समूहलाई सुझाव दिएका छन् । उनले भने, ‘विगतमा नेपाल-भारतबीच भएका धेरै सन्धि सम्झौता र मूख्यतः सन् १९५० को सन्धि असमान रहेको छ । तपाईहरुले राष्ट्रिय हितका पक्षमा जुन चासो र जिम्मेवारी बोधका साथ भूमिका खेल्नुभएको छ ।’ असमान सन्धि प्रतिस्थापन गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ सन्धि गर्नु पर्ने भन्दै उनले भने, ‘खुल्ला सीमानाको व्यवस्थापन हाम्रो चासोको विषय हो ।’ नेपाल-भारत बीचको सामाजिक-सांस्कृतिक र जनस्तरको सम्बन्धमा सचेत हुनु पर्ने तर, ढिलो चाँडो हामी सीमा सम्बन्धलाई अरु छिमेकी देशको जस्तै व्यवस्थापन गर्नुपर्ने बताए । माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछि नेपाल-भारत सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here