प्रदेश नं. २ मा ३६ हजारभन्दा बढीको उम्मेदवारी दर्ता

20
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२२–

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि ३६ हजार बढीले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीले दिएको विवरणअनुसार अहिलेसम्म ३६ हजार ७३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।  स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा १ हजार ७ सय ८३, उपप्रमुख तथा उपाध्यक्षमा पदमा १ हजार १ सय ३० र वडा अध्यक्ष पदका लागि ८ हजार १६ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेको आयोगले जनाएको छ ।  यसैगरी खुल्ला सदस्य २ पदमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३ सय ६० र महिला दलित सदस्यमा ५ हजार ७ सय ५ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । उम्मेद्वार दर्ता सम्बन्धि विवरणलाई प्रशोधन गरी एकिन गर्ने काम भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।  प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि शुक्रबार राति अबेरसम्म मनोनयन दर्ता भएकाले विवरण आउन ढिला भएको हो । असोज २ गते हुने तेश्रो चरणको चुनावबाट १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कुल ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here