प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

7
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२०-

मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ३ गढन कुतीभकारीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान भएको हो । कार्यक्रममा बाग्मती गाउँपालिका वडा नम्बर ३ निवासी शहिद आफन्तजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा शहिद मौसमकी बुहारी रश्मि पाख्रिन, शहिद चट्याङकी आमा अतिमाया पाख्रिन, शहिद अर्जुन वि.क.का भाई कान्छालाल वि.क.,शहिद बटुकी आमा ठुलीमाया पाख्रिन र शहिद सामतेनकी आमा ठुलीमाया भ्लोनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

चुनाव विजयपछि गरिएको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद पुलामीले चुनावी घोषणा पत्रमा उल्लेख भएका कुराहरु कार्यान्वयन नहुनेमा शंका नगर्न आग्रह गरे । उनले सबै जनालाई धन्यवाद दिँदै शहिद परिवारलाई सम्मान समेत व्यक्त गरे । कार्यक्रम पञ्चलाल भोलनको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान मधु, माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमान सिं पाख्रिन पृथक, विवेक राई, वाईसीएल जिल्ला ईन्चार्ज जीवन गोले, जिल्ला अध्यक्ष सुमन पाख्रिन, जिल्ला पार्टी कमिटि सदस्य सन्तविर लो, संघर्ष पाख्रिन, वडा अध्यक्ष बाबुलाल पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here