प्रधानमन्त्रीको व्यस्तताले माओवादी बैठक स्थगित, भोलि ११ बजे बस्ने

27
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१३ –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण नेकपा माओवादी केन्द्रको सोमबारका लागि तय भएको पोलिटब्युरो बैठक स्थगित भएको छ ।  संविधान संशोधन विषय लगायतका अन्य सरकारी काममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष व्यस्त हुनुभएकाले बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।  काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुग्नुभएका प्रधानमन्त्री कार्यक्रमलगत्तै अन्य आन्तरिक काममा व्यस्त हुनुभएकाले बैठक मङ्गलबार बिहान ११ बजेका लागि तय गरिएको उहाँले जानकारी दिनुभयो । बैठकमा संविधान संशोधन, तीनमहिने जनपरिचालन अभियान सञ्चालन तथा सरकारको काम कारबाहीका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here