प्रधानमन्त्रीले केक खुवाएपछि नेपालले भनेः मलाई नै याद थिएन

31
Want create site? Find Free WordPress Themes and plugins.

२३ फागुन ,एमाले स्थायी कमिटीको बैठक जारी थियो । नेताहरू गम्भीर राजनीतिक वार्तालापमा व्यस्त रहँदा प्रधानमन्त्रीका सहयोगी इन्द्र भण्डारी केही पत्रकारसहित बैठक हलमा प्रवेश गरे । उनका हातमा केकको प्याकेट र फूलको बुकी थियो ।

‘ह्याप्पी बर्थ डे टु यु…’ वरिष्ठ नेता माधवकुमार नेपालतर्फ हेर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने । नेपाल चकित परे । बैठकभित्र केही नेताले प्रधानमन्त्रीलाई साथ दिए भने केही कसको बर्थडे भन्ने थाहा नपाएर जिल्लिए । प्रधानमन्त्रीले नेपाललाई दोसल्ला ओढाए । त्यसपछि नेपालले केक काटेर प्रधानमन्त्री र अन्य नेतालाई खुवाए । प्रधानमन्त्रीले पनि नेपाललाई केक खुवाए । उनले नेपाललाई ६४ वटा गुलाबका फूलको बुकी पनि हस्तान्तरण गरे । नेपालले लजाउँदै बुकी ग्रहण गरे । नेताले ताली बजाए । कसैले मोबाइलबाट फोटो खिच्न थाले ।

‘यस्तो थाहा पाएको भए त, अर्कै लुगा लगाएर आउँथे नि,’ केक खाएपछि नेपालले भने, ‘मैले त आज बर्थ डे भन्ने पनि याद गरेको थिइनँ ।’

प्रधानमन्त्री ओलीले बैठकअगाडि नै आफ्ना सहयोगी भण्डारीलाई कसैलाई पनि थाहा नदिईकन केक र गुलाबको फूल व्यवस्था गर्न भनेका रहेछन् । भण्डारीले अनलाइनखबरसित भने, ‘माधव कमरेडको जन्म-दिन मनाउनुपर्छ भन्नुभएको थियो, त्यहीअनुसार मैले व्यवस्था मिलाएको थिएँ ।’

६४ वर्षमा नेपाल

एमाले वरिष्ठ नेता नेपाल आइतबारबाट ६४ वर्षमा प्रवेश गरेका छन् । पिता स्वर्गीय मंगलकुमार उपाध्याय र आमा दुर्गादेवीको जेठो छोराका रुपमा रौतहटको गौरमा नेपालको जन्म भएको हो, २३ फागुन २००९ मा । पूर्णकालीन राजनीतिमा आउनुअघि उनी बैंकका जागिरे थिए ।

नेपालले ०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । लामो समय एमालेको महासचिव रहेका नेपाल प्रधानमन्त्री पनि भइसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक गरेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here