प्रधानमन्त्रीले चारवटै सुरक्षा प्रमुखहरुलाई सुरक्षा सम्बन्धी दिए यस्तो निर्देशन

7
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,४-

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा चुनौतिलाई सम्बोधन गर्नेगरी तत्काल सुरक्षा रणनीति तय गर्न चार वटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसँग सामूहिक भेटगरी निर्वाचनको सुरक्षा चुनौति सम्बोधन हुनेगरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिएका हुन् । त्यस अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । निर्वाचनको सुरक्षा चुनौतिलाई सम्बोधन गर्ने रणनीति तत्काल तय गर्न प्रधानमन्त्रीले निर्देशन दिएको  गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचनलाई निर्भयताका साथ सम्पन्न गर्ने वातावरण बनाउने जिम्मेवारी सुरक्षा निकायको भएको पनि स्मरण गराएका थिए । बैठकमा प्रधानमन्त्री देउवाले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन पनि सुरक्षा निकायलाई सचेत गराए । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा मुख्य सचिब लोकदर्शन रेग्मी, गृह सचिब सापकोटा, नेपाली सेनाका बलाध्यक्ष रथी बलदेवराज महत नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशष्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुशन्धान विभागका प्रमुख दिलिप रेग्मी उपस्थित थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here