प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति कुराकानी गरिरहँदा मोदी टुप्लुक्क पुगे

43
lrlgofF /fi6«klt ;L lhg lkª / k|wfgdGqL k'iksdn bfxfn ef/tsf] uf]jf l:yt tfh xf]6ndf e]6jftf{ ug'{x'Fb} . tl:a/M s[i0f clwsf/L, /f;;
Want create site? Find Free WordPress Themes and plugins.

असोज ३० – भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भेटवार्ता गर्नुभएको छ । प्रचण्ड र सिले कुराकानी गरिरहेको बेला मोदी प्रवेश गरेपछि त्रिपक्षीय भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालसँगै रहेका उहाँका पुत्र एवं स्वकीय सचिव प्रकाश दाहालका अनुसार तीन देशका प्रमुखबीच २० मिनेटसम्म भेटवार्ता भएको थियो । नेपाल, भारत र चीन त्रिदेशीय हितका विषयमा महत्वपूर्ण कुराकानी भएको दाहालले बताउनुभएको छ । ब्रिक्स शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड शनिबार बेलुकी होटलको वेटिङ रुममा बसिरहँदा चिनियाँ राष्ट्रपति पुग्नुभएको थियो । पूर्व निर्धारित भेटको तालिका भन्दा पहिले नै चिनियाँ राष्ट्रपतिलाई देख्दा प्रधानमन्त्री छक्क पर्नुभयो । त्यसपछि उहाँहरुबीच कुराकानी सुरु भयो । संयोगबस भएको यो भेटमा दुई देशको विकास, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तथा दुई देशबीचको सम्बन्धबारे कुरा भैरहँदा भारतीय प्रधानमन्त्री मोदी पुग्नुभएको प्रकाश दाहालले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ । त्यसपछि तीनवटै देशका राष्ट्र प्रमुखबीच कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल सानो मुलुक भएपनि पशुपति र बुद्ध जन्मस्थानले तीन देशलाई जोडेको उल्लेख गर्नुभयो । भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले के भने भन्ने चाहिँ दाहालले फेसबुकमा लेख्नुभएको छैन । तर २० मिनेटको बसाईमा उहाँहरुबीच त्रिदेशीय हितको विषयमा महत्वपूर्ण कुराकानी भएको बुझ्न सकिन्छ ।

छिटै नेपाल भ्रमण गर्ने सिको वचन

चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सिबिच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उहाँलाई निम्तो दिनुभएको थियो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालको आग्रहपछि राष्ट्रपति सिले भन्नुभयो ‘म यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्छु ।’ भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् । भेटका बेला दुई नेताबिच पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताहरूको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री डा. महतले जानकारी दिनुभयो । चीनले नेपालको आर्थिक एवम् सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्लो समय चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग राशिमा ठूलो परिमाणमा वृद्धि गरेको छ । भेटका अवसरमा प्रधानमन्त्री दाहालले चीन सरकारले अप्ठ्यारो अवस्थामा नेपाल र नेपाली जनतालाई पु¥याएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपनि नेपाल र चीनबीच हजारौं वर्षदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । भूगोल र जनसङ्ख्याको दृष्टिले नेपाल र चीनबिच निकै ठूलो असमानता रहेपनि दुई देशबिचको सम्बन्ध निक्कै प्रगाढ छ । दुई देशबिचको सम्बन्ध संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित छ । भेटका अवसरमा प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतालाई दोहो¥याउँदै नेपालीे भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिइने बताउनुुभयो । चीनले खासगरी विमानस्थल, विद्युत् आयोजना र सडकलगायत पूर्वाधार विकासमा महत्वपूर्ण अनुदान सहायता र आर्थिक सहयोग प्रदान गर्दैआएको छ । मन्त्री महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी संवादबाटै समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने चाहना चिनियाँ नेतासामु राख्नुभएको थियो । त्यस अवसरमा चीनका राष्ट्रपति सिले चीन, नेपाल र भारतबीचको त्रि–पक्षीय सम्बन्धलाई सुदृढ बनाएर अगाडि बढ्ने नेपालको प्रस्तावमा समर्थन जनाउनुभएको मन्त्री महतले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here