प्रधानमन्त्री प्रचण्डद्रारा डोनाल्ड ट्रम्पलाई बधाई

64
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२४

अमेरिकाको राष्ट्रपति निर्वाचनमा बिजय हासिल गर्ने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई प्रधानमन्त्री प्रचण्डले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ट्वीटरमार्फत ट्रम्पलाई जितको बधाई दिएका हुन् । उनले ट्वीटरमा उल्लेख गरेका छन् ‘अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा चुनिएका डोनाल्ड ट्रम्पलाई हृदयदेखि बधाई । सफल कार्यकालका लागि पनि शुभकामना ।’यसैगरी परराष्ट्र मन्त्रालयले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको छ । मंगलबार भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यद्यपी निर्वाचनको अन्तिम नतिजा आउन भने बाँकी नै छ ।

Congratulations to Mr. Trump being elected as 45th president of United States of America. I wish all the best for the successful tenure.

— PM Puspakamal Dahal (@PM_Nepal) November 9, 2016

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here