‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिए

285
Want create site? Find Free WordPress Themes and plugins.

२८ साउन,
माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गरेका थिए । समितिको बैठकले उनको राजीनामा प्रस्ताव पारित गरेको हो ।

राजीनामा दिनुको कारणबारे अनलाइनखबरको जिज्ञासामा प्रभाकरले भने, ‘अब एमालेलाई छाड्दिनु पर्‍यो नि ।’

व्यवस्थापिका संसद अन्तर्गतको लेखा समिति सभापति प्रमुख प्रतिपक्ष दलले लिने प्रचलन छ । हाल एमाले प्रतिपक्षमा छ । तर, यसअघिको एमाले-माओवादी गठबन्धन सरकारमा माओवादी नेता प्रभाकरले लेखा समितिको सभापति पद छाडेका थिएनन् । अहिले प्रभाकर मन्त्री बन्ने चर्चा छ र यही बीचमा उनले राजीनामा दिएका छन् ।

प्रभाकरले अनलाइनखबरसँग भने, ‘मन्त्री बने पनि नबने पनि म लेखा समितिको सदस्य रहीरहन्छु ।’

संसदका १५ वटा विषयगत समितिमध्ये तेस्रो दल माओवादी केन्द्रले दुई समितिको सभापति पाएको थियो । दलहरुको भागबन्डाको आधारमा समिति बाँडफाट गरिने भएकाले लेखा समिति एमालेले पाए पनि माओवादीले अर्को समितिमा दाबी गर्ने पक्का छ । तर, माओवादीले लेखा समिति नछाड्ने र प्रभाकरको सट्टा अर्को सांसदलाई पठाउन पनि सक्नेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here