प्रहरी भन्दै ठगी गर्ने एक जना पक्राउ, दुई फरार

1145
Want create site? Find Free WordPress Themes and plugins.

असार ११ – नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा संलग्न अरु दुई जना भने फरार छन् ।

पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडीलाई रोकेर प्रहरी हुँ भन्दै ठग्ने चन्द्रपुर नगरपालिका–८ डाँडागाउँका संजीव थापा मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

मगरलाई ठगी गर्दै गर्दा प्रक्राउ गरिएको सशस्त्र प्रहरी सन्तपुरले जनाएको छ । फरार राजकुमार उप्रेती र मन्जित तामाङको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक मदन सिंह बिष्टले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here