प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसी वीर अस्पतालमा भर्ना

8
Dr. Govinda KC
Want create site? Find Free WordPress Themes and plugins.

पौष,२५-

प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीलाई वीर अस्पताल भर्ना गरिएको छ । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीलाई मंगलबार बयान लिइएको थियो । त्यसक्रममा उनले छाती दुखेको बताएका थिए । बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर, सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको छ । उनलाई ईनटी क्याबिनमा राखिएको छ । प्रहरी स्रोतका अनुसार डा. केसीलाई आज राति अस्पतालमा नै राखिनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here