फरक मत भए पनि संशोधन प्रस्तावमा समर्थन गर्ने राप्रपाको निर्णय

19
Want create site? Find Free WordPress Themes and plugins.

चैत,३०–

राप्रपाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा आफ्नो फरक मत रहँदा रहँदै पनि समर्थन गर्ने निर्णय गरेको छ ।  बुधबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रिय पदाधिकारीहरुको बैठकले संविधान संशोधन प्रस्तावले आन्दोलनरत दलहरु स्थानीय तहको चुनावमा सहभागी हुने सुनिश्चित भए फरक मत रहँदा रहँदै पनि समर्थन गर्ने निर्णय गरेको हो ।  यस्तै केन्द्रको सहमति लिएर जिल्ला कार्य समितिले स्थानीय स्तरमा अन्य दलसँग मिलेर स्थानीय तहको चुनावमा जान सक्ने अधिकार पनि पार्टीले दिएको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।  यस्तै राप्रपाले निर्वाचन आयोगमा पार्टीको विधानको प्रस्तावना र उद्देश्यमा रहेको हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्णयको पुनर्विचारका लागि बुझाएको ज्ञापनपत्रमा स्पष्ट जवाफ नआएको भन्दै शुक्रबार बैठक बसेर आवश्यक निर्णय गर्ने भएको  छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here