फागुनदेखि थाहानगरमा पनि शनिबार पसल बन्द

5
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२०-

उत्तरी मकवानपरको थाहा नगरमा पनि फागुनदेखि सेवा ब्यवसाय बाहेकका पसल बन्द गर्ने भएको छ । मिति २०७४ साल माघ १३ गते सम्पन्न थाहानगर उद्योग वाणिज्य संघको प्रथम साधारणसभाले फागुन देखि लागू हुने गरी सेवा व्यवसायहरु होटल, रेष्टुरेण्ट, तरकारी तथा फलफूल, मेडिकल, वर्कशपहरु बाहेक अन्य सबै व्यवसायहरु हरेक शनिबार विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको थाहानगरबाट संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । थाहा नगरपालिका भित्रका सम्पूर्ण व्यवसायीहरुलाई निर्णय अनुसार गर्नु थाहा नगर उद्योग बाणिज्य संघले सुचना समेत जारी गरेको छ । साथै, साधारणसभाले प्रथम पटक अटेरी गर्नेलाई चेतावनी दिने, दोस्रो पटक अटरी गरेमा पाँच सय रुपियाँ जरिवाना गर्ने, तेस्रो पटक अटेरी गरेमा एक हजार रुपियाँ जरिवाना गर्ने र सो पछि पनि अटेर गरेमा यस संघबाट उपलब्ध हुने सेवाहरुबाट बञ्चित गर्ने निर्णय समेत गरेको थाहानगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here