फागुन अन्तिम हप्ता सलमान खान काठमाडौं आउँदै

27
Want create site? Find Free WordPress Themes and plugins.

माघ,६-

भारतीय अभिनेता सलमान खान आउँदो फागुन अन्तिम साता काठमाडौं आउँदैछन् । काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने दबाङ द टुर कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् । उक्त मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका लागि सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति सेनन र टेलभिनजकर्मी मनिष पाउल पनि आउनेछन् । टुँडिखेलमा हुने उक्त कार्यक्रमको व्यवस्थापन शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस् र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले गर्दैछन् ।

सलमान खानलगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रमस्थलको अवलोकनका लागि जेए इभेन्ट्सका तर्फबाट निर्देशक जोडी पटेल र आदिल जग्मागिया गत मंगलबार काठमाडौं आएका थिए । नेपाल आएका बेला अभिनेता सलमान खानले चन्द्रागिरीको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नास्ता गर्ने तालिका रहेको गोरखा ब्रुअरीले जानकारी दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here