फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसाय बन्द, बन्द नगरे सामान जफत गरिने

42
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२२-

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको हेटौँडा बजारक्षेत्रमा फागुन १ गतेबाट फुटपाथ व्यवसाय बन्द गरिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले आज फुटपाथ व्यवसाय संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा हेटौंडा बजार क्षेत्रलाई व्यवस्थित गर्न सडक पेटीमा हाल अव्यवस्थित फुटपाथ व्यवसायलाई पूर्णरुपमा आगामी फागुन १ गतेबाट बन्द गरिने निर्णय गरिएको छ । संघका अध्यक्ष कटुवालका अनुसार माघ २६ गतेबाटै अनौपचारिक रुपमा माईकिङ लगायतका व्यवस्था गरि फुटपाथ हटाउन सुरु गरिने र फुटपाथमा व्यवसाय गरेमा अहिले देखि हेटौँडा उपमहानगरपालिकाले सामान जफत गर्न सुरु गरेको बताए । सामान जफत गरे पनि फागुन १ गतेभन्दा अगाडिको सामान सजिलैसँग फिर्ता गर्न नगरपालिकासँग अनुरोध गरिएको कटुवालले बताए । तर नगरपालिकाले भने अहिलेदेखि सामान जफत गर्ने र फिर्ता दिने अवस्था नरहेको उपहानगरका प्रतिनिधिका रुपमा उपस्थित शाखा अधिकृत ध्रुव भुजेलले जानकारी दिए ।

आफ्नो पसलको सटरभन्दा बाहिर सामान राख्ने व्यवसायीलाई पनि नगरपालिकाले नछोडन्े भएको छ । आफ्नो पसलको सटरबाहिर सामान राखेमा पनि नगरपालिकाले सामान जफत गर्ने भएको छ । पैदल यात्रुलाई समेत बाधा हुने गरी हाल सञ्चालित त्यस्ता व्यवसायलाई निषेध गरिने भएको हो । छलफलमा बोल्दै संघका अध्यक्ष कटुवालले अबको केही दिनमा नै नगर क्षेत्रमा गुड्ने ट्याम्पो, सुमो, मोटरसाइकलहरुका लागि उचित पार्किङ स्थल समेत पहिचान गरिने बताएका छन् । सो छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नविन अधिकारी, हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुव भुजेल, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि, संघका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । छलफललाई औपचारिक रुपमा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले समापन गरेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here