फुटसलको उपाधीमा प्रतिफल

21
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२७-

अन्तर सहकारी फुटसल प्रतियोगितामा प्रतिफल बचत तथा ऋण सहकारी संस्था  लिमिटेड विजयी भएको छ । दिव्यतारा बहुउद्देश्यीय सहकारी लिमिटेडको आयोजना एवम् रेडियो मकवानपुरको व्यवस्थापनमा अन्तर सहकारी फुटसल प्रतियोगिता सञ्चालन भएको थियो । मङ्गलबार बिहान भएको फाइनल खेलमा साईराम बचत तथा ऋण सहकारीलाई २–० गोल अन्तरले हराउँदै प्रतिफल उपाधि विजेता बनेकोे हो । निर्धारित समय गोलरहित बराबरी भएपछि थप गरिएको समयमा प्रतिफलले २ गोल गरेको हो । प्रतिफलको तर्फबाट दुबै गोल मित्र गौतमले गरेका थिए ।

निर्माण उपभोक्ता सहकारी र प्रतिफल सहकारीकोबीचमा फाइनल खेल हुनुपर्नेमा निर्माणको बिरुद्धमा उजुरी परेपछि निर्माण फाइनल खेल्नबाट बञ्चित भएको थियो । प्रतियोगिताको विजेता प्रतिफल सहकारीले नगद १५ हजार र उपविजेता भएको साईरामले १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिव्यताराको बार्षिक साधारणसभाको दिन पुरस्कार प्रदान गरिने छ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसाभाको सन्दर्भमा मकवानपुरमा पहिलो पटक अन्तर सहकारी फुटसल प्रतियोगीता आयोजना भएको हो । मङ्गलबार प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, व्यवस्थापक रमेश कोइराला र रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले शिल्ड प्रदान  गरेका थिए । प्रतियोगितामा जिल्लाका ९ सहकारीको सहभागिता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here