बजेट तर्जुमा तथा कानुनी प्रावधानको विषयमा अभिमुखिकरण

72
Want create site? Find Free WordPress Themes and plugins.

असार,२०-
नेकपा एमाले जिल्ला कमिटि मकवानपुरले स्थानीय तहमा विजयी प्रतिनिधिहरुलाई बजेट तर्जुमा कानुनी प्रावधानको विषयमा अभिमुखिकरण गरेको छ । आज हेटौँडामा कार्यक्रमको आयोजना गरि जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको हो ।  जनप्रतिनिधिहरुलाई बजेट तर्जुमा तथा कानुनी प्रावधानको विषयमा सहज होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिए । एमाले प्रदेश नंबर ३ का सहसंयोजक काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका प्रदेश नंबर ३ का सदस्य विकल्प शर्मा, पेशागत जिल्ला कमिटिका कुन्साङ लामा लगाएतले विषयगत रुपमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु केदार न्यौपाने, बिरोध खतिवडा, प्रदेश सदस्य रामचन्द्र राई लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा एमालेको तर्फबाट विजयी भएका नगर र गाउँ तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुको सहभागिता रहेको छ । कार्यक्रम एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here