बदलिँदै ट्राफिक नियमः लाइसेन्सका लागि ‘रोड टेस्ट’, गाडी नधोई काठमाडौंमा प्रवेश निषेध !

37
Want create site? Find Free WordPress Themes and plugins.

असार,१८-

काठमाडौंमा ट्राफिक प्रहरीले यातायात ब्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न योजना अघि सारेको छ । जसमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनुअघि रोड टेस्ट गर्नेदेखि ‘नो राइट टर्न’ लागू गर्ने सम्मका छन् । ट्राफिक प्रहरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा यायात ब्यवस्था सुधार गर्न अत्यावश्यक भएको भन्दै त्यसका लागि केही नयाँ नियमहरु ल्याइने बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले काठमाडौंको सडकमा सवारीको दैनिक चाप बढ्दै गएकाले ब्यवस्थापनका लागि विभिन्न योजनाहरु सार्वजनिक गरे । उनले लाइसेन्स लिएकाहरुबाट पनि दुर्घटना बढेकाले लाइसेन्स वितरण्को पद्धतिमा सधार गर्न लागिएको सुनाए । अहिले लिखित पास गरेर ट्रायल उत्तीर्ण गरेपछि लाइसेन्स दिइन्छ । तर, अब यातायात व्यवस्था विभागसँगको सहकार्यमा लिखितपछि अब रोड र ह्यान्डलिङ टेस्ट गरिने लामाले बताए । यो पछि रोडमै पनि सवारी चालकको प्रयाक्टिकल टेस्ट लिइनेछ । त्यसपछि एक घण्टा चालकलाई ‘अवेरनेस क्लास’ पनि लिने ट्राफिकको योजना छ । त्यसपछि मात्रै लाइसेन्स लिन पाइनेछ । रोड टेस्टमा असफल भएकाले फेरि ट्रयल दिनुपर्ने गरी ब्यवस्था गर्ने योजना छ । अन्य देशमा पनि यस्तो ब्यवस्था रहेको र त्यसले चालकको रोड पर्फमेन्स थाहा हुने लामाले बताए । विभिन्न देशहरुमा लाइसेन्सका लागि यस्तो टेस्ट लिने प्रचलन छ ।

गाडी धुनुपर्ने

यसैगरी ट्राफिक प्रहरीले अब उपत्यकाबाहिरबाट आउने सवारी सफा नगरी उपत्यकामा छिर्न नदिने गरी तयारी थालेको छ । मुख्य ४ नकामा ‘वास सेन्टर’ खडा गरेर फोहोर भएर आएका सवारीलाई सफाइ गरेर मात्रै भित्रिन दिने तयारी गरिएको लामाले बताए । ‘बाहिरबाट अएका सवारीलाई नाकामा नै धोईपखाली गरेर मात्रै भित्रिन दियो जना अघि सारिएको हो । यसले काठमाडौं आउने सवारी सफाइ हुन्छन्’ लामाले भने,’फोहोर गाडी सफा नगरी छिर्न नदिने गरी नियम बनाउँछौं ।’ यसका लागि नागढुंगा, दक्षिणकाली, धुलिखेल, र बालाजुमा यस्तो वास सेन्टर खडा गर्ने तयारी छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here