बन्द खुलेपछि विद्युत प्राधिकरणले सप्तरीमा दश करोड राजस्व उठायाे

24
Want create site? Find Free WordPress Themes and plugins.

१४ फागुन, सप्तरी । मधेसी मोर्चाद्वारा लगातार छ महिनादेखिको बन्दमा रकम उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण राजविराजले १० करोड रूपैयाँ भन्दा बढी राजस्व असुल गरेको छ ।

सो वितरण केन्द्रले चालु आवको फागुन दोस्रो सातासम्ममा १० करोड ६१ लाख रूपैयाँ विद्युत् महसुल असुल गरेको कार्यालयका प्रमुख रामउद्गार साहले बताए।

उनअनुसार फागुन मसान्तसम्म कुल १४ करोड रूपैयाँको लक्ष्य राखेको वितरण केन्द्रले मधेसमा जारी बन्दका कारण बन्द खुलेपछि अहिलेसम्म सो रकम उठाउन सफल भएको बताइएको छ ।

साथै, राजविराजलगायत जिल्लाका विभिन्न केन्द्रमा रकम असुल्न बाँकी नै रहेको जानकारी दिएको छ ।

विद्युत् प्राधिकरण राजविराजले ग्राहकको सुविधाका लागि फागुन २७ गतेसम्म बिलअनुसारको शुल्क लिने र २८ गतेदेखि जरिमानासहितको शुल्क असुल गर्ने जनाएको छ ।

यसअघि प्राधिकरणले माघ २८ देखि फागुन १२ गतेसम्म रकम बुझाउने उपभोक्तालाई बन्द अवधिको रकममध्येमा तीन प्रतिशतले छुट दिएको थियो । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here