बर्दघाट नगरपालिकामा मतगणना रोकियो, पुन: मतगणना गर्नुपर्ने कांग्रेसको माग

133
Want create site? Find Free WordPress Themes and plugins.

असार१७-

नवलपरासीको बर्दघाटमा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना रोकिएको छ । वडा नम्बर १४ को मत गन्ने क्रममा गणनामा खटिएका कर्मचारीहरुले नेकपा एमालेले पाएको मतभन्दा बढी मत टिप्ने गरेको भन्दै नेपाली कांग्रेसले विवाद गरेपछि बिहान साढे १० बजेबाट गणना रोकिएको हो । यसअघि वडा नम्बर १२ मा मतदान अधिकृतले उल्लेख गरेको भन्दा १६ मत बढी भेटिएपछि शुक्रबार साँझ पनि मतगणना कार्य रोकिएको थियो । तर, सो वडाको पछि गन्ने गरी रातिबाट वडा नम्बर १४ को गणना सुरू गरिए पनि त्यहाँ पनि विवाद भएपछि मतगणना अवरूद्ध भएको हो । विवाद समाधानका लागि अहिले निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारी, सहायक जिल्ला प्रमुख अधिकारी माधवप्रसाद ढुंगाना र राजनीतिक दलका प्रतिनिधिहरूबीच छलफल भइरहेको छ । कांग्रेसले अन्य वडामा पनि गणकहरूले एमालेकै पक्षमा बढी मत टिपेको हुन सक्ने भन्दै पुन: मतगणना गर्न माग गरेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here