बलात्कारको घटना बढ्यो सल्यानमा

22
Want create site? Find Free WordPress Themes and plugins.

असार १४ – सल्यानमा बलात्कारको घटना बढेका छन् । गएको ६ महिनामा मात्र पाँच वटा बलात्कारको घटना भएका छन् । सन् २०१६ को जनवरीदेखि जुनसम्म गरिएको मानव अधिकार उल्लंघनका घटनासम्बन्धी एक अध्ययनले गएको ६ महिनामा पाँचवटा बलात्कारको घटना घटेको देखाएको हो ।

यो तथ्यांक अघिल्लो वर्षको तुलनामा भन्डै चारगुणाले बढी भएको इन्सेकका प्रतिनिधि मिना बुढाथोकीले बताउनुभयो । गएको वर्ष एउटामात्र बलात्कारको घटना भएको थियो । अहिले ६ महिनामा भएका पाँच घटना पनि जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको अदालतले जनाएको छ । बलात्कारको घटनामा पर्ने सबै ९ वर्षसम्मका बालिका रहेको अध्ययनले देखाएको छ ।

सल्यानमा बलात्कारको घटनासँगै ३४ वटा मानवअधिकार उल्लंघनका घटना पनि दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै घर निकाला तथा महिला हिंसाका घटना रहेका छन् । प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले राज्यको पहँुच नपुगेका ठाउँमा यस्ता घटना लुकेर बस्ने गरेको बताउनुभयो ।

पीडितहरुको पहुँच सरोकार निकायसम्म नपुग्नु, सुरक्षाको ग्यारेन्टि नहुनु, आर्थिक अवस्था कमजोर हुनु जस्ता कारणले समाजमा यस प्रकारका घटना अझै सार्वजनिक हुन नसकेको उहाँले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here