बलिउडमा देखिदैछन् यी सुन्दरी

218
Want create site? Find Free WordPress Themes and plugins.

बलिउडमा हरेक वर्ष नयाँ कलाकार आउने क्रम जारी छ । यस वर्ष नायक टाइगर श्राफकी प्रेमिका भनेर चर्चामा आएकी दिशा पटानीको साथै अन्य केही सुन्दरी डेब्यु गर्दैछन् ।

प्राय प्रतिष्ठित ब्यानरवाट डेब्युको तयारीमा रहेका यी सुन्दरीको करिअर बलियो हुने विषयमा चर्चा सुरु भैसकेको छ । नयाँ सुन्दरीहरुले शाहरुख खान, आमिर खान, अजय देबगण लगायतका चल्तीका कलाकारसँग स्त्रिmन शेयर गर्ने भएका छन् । हेरौं को को रहेछन् नयाँ सुन्दरीः

दिशा पटानीः मोडलिङवाट करिअर सुरु गरेकी दिशा हलिड चलचित्र ‘कुंग फु योगा’ मार्फत डेब्यु गर्दैछिन् । चलचित्रमा उनले ज्याकी च्याङसँगै स्त्रिmन शेयर गर्नेछिन् । बलिउड निर्मातासँग मिलेर यो चलचित्र बनाउन लागिएको हो ।

यस्तै उनी, सुशान्त सिंह स्टारर ‘एमएस धोनी: द अनफोल्ड स्टोरी’ मा पनि उनले मुख्य भुमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनले सुशान्तकी पूर्व प्रेमिकाको भुमिका निर्वाह गरेकी छिन् ।

पूजा हेगडेः आशुतोष गोवारीकर निर्देशित ‘मोहन जोद्डो’ मा मोडल एवं अभिनेत्री पूजा हेगडेले अभिनय गरेकी छिन् । यसमा ऋतिक रोशनले मुख्य भुमिका निर्वाह गरेका छन् ।

पूजा सन् २०१० मा भएको ‘मिस युनिभर्स इण्डिया’ कन्टेस्टमा दोस्रो भएकी थिइन् । यो उनको पहिलो बलिउड चलचित्र हो । यसअघि उनले तेलुगु र तमिल चलचित्रमा अभिनय गरेकी छिन् ।

फातिमा सना शेखः चलचित्र ‘चाची ४२०’ मा वालकलाकार भएर अभिनय गरेकी फातिमा सन् शेख ‘दंगल’ वाट बलिउडमा डेब्यु गर्दैछिन् ।
दंगलमा आमिर खानको छोरीको भुमिकामा देखिएकी फातिमाले पनि केहि दक्षिण भारतीय चलचित्रमा अभिनय गरेकी छिन् ।

शाहरुख-जुही चावला अभिनित ‘वान टुका फोर, तहान, बिट्टु बोस, आकाश बाँणी लगायतका चलचित्रमा अभिनय गरेकी फातिमाले टिभी शो ‘अगले जनम मोहे बिटिया हि किजो’ मा पनि काम गरेकी छिन् ।

सान्या मल्होत्राः दिल्लीमा बस्दै आएकी सान्या बेली डान्सर हुन् । उनले पनि आमिरको ‘दंगाल’मा अभिनय गरेकी छिन् ।
सबा कमरः दिनेश विजान र भुषण कुमारको नयाँ चलचित्रमा पाकिस्तानी कलाकार सबा कमरले अभिनय गर्ने भएकी छिन् । यस चलचित्रमा उनले इरफान खानसँग स्त्रिmन शेयर गर्ने भएकी छिन् ।

सायेशा सहगलः दिलिप कुमार र सायरा बानोकी नातिनी सायशा सहगल अजय देबगणको चलचित्र ‘शिवाय’ मार्फत डेब्यु गर्दैछिन् । त्यसो त उनले तेलुगु चलचित्र ‘अखिल द पावर अफ जुआ’ मा पनि अभिनय गरेकी छिन् ।

कृति खरबंदाः विशेष फिल्मस्को नयाँ चलचित्र ‘राज-४’ बाट कृति खरबंदा डेब्यु गर्दैछिन् । यस चलचित्रमा उनले इमरान हास्मीसँग स्त्रिmन शेयर गर्ने भएकी छिन् । उनले केहि कन्नड र तेलुगु चलचित्रमा अभिनय गरेकी छिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here