बलिउड नायिका कंगना रनौटको कार दुर्घटना

66
Want create site? Find Free WordPress Themes and plugins.

बलिउड नायिका कंगना रनौट कार दुर्घटनामा परेकी छिन् । उनको निधार र हातमा चोट लागेको छ । अत्याधिक चिसोका कारण उनको ड्राइभरको हात स्टेरिङबाट हटेको थियो । जसका कारण, उनी चढेको कार सडकबाट केही तल खसेको थियो । कारमा अन्य केही मानिसहरु पनि यात्रा गरिरहेका थिए । १२ अक्टोबर राती यो घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । कंगना जर्जियाको राजधानी अटलान्टाबाट केही दुरीमा आफ्नो नयाँ चलचित्रको छायांकन गरेर होटल फर्किरहेकी थिइन् । उनको कार एक स्थानिय ड्राइभरले चलाइरहेका थिए । कंगनाका बडिगार्डले स्टेरिङ सम्हाल्ने कोशिश गरेका थिए । तर, कार सडकबाट तल खस्दै एक स्टिल फेसिङमा गएर ठोक्किएको थियो । घटनापछि कारमा बसेका सबैजना निकै डराएका थिए । तर, सबैलाई सामान्य चोट लागेको छ । घटनापछि सबैलाई चलचित्रका निर्माताले अस्पताल पुर्‍याएका थिए । तर, दुर्घटनापछि पनि नायिका रनौटले कुनै ब्रेक नलिई चलचित्रको छायांकन गरिरहेकी छिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here