बल्ल पास भयो क्रिकेटको फिल्म

40
Want create site? Find Free WordPress Themes and plugins.

फागुन १४ गते प्रदर्शन मिति तोकेर निर्माता कुष्ण पोख्रेलले फिल्म ‘च्याम्पिएन’ चलचित्रका लागि दौडधुप गरे । मिडियामा प्रचारदेखि विभिन्न खालका तरिका अपनाए । तर, चलचित्र लिएर सेन्सरका लागि विकास बोर्डमा पुग्दा, अनुमती पाएनन् ।

फागुन १४ गते चलचित्र प्रदर्शन भएको भए, अहिलेसम्म उनले फरक तरिकाको आनन्द लिइसकेका हुन्थे । तर, अब चलचित्र कहिले चल्छ टुंगो छैन ।

नेपालमै पहिलो पटक क्रिकेटको कथामा चलचित्र बनाउने हिम्मत गरेका उनलाई सुरुवातमा निराशाको वातारण मिल्यो । व्यवसायिक चलचित्र निर्माणमा नाम चलेका कम्पनी समेत अग्रसर भैरहँदा एक नयाँ निर्माताले क्रिकेटको कथा छान्नु आफैमा तारिफयोग्य काम थियो ।

अब, फागुन २८ गते चलचित्र चलाउने सोचका साथ उनी दौडिएका छन् । त्यो भने उनलाई फागुन २१ गते प्रदर्शन हुने २ चलचित्रले हल नछाड्ने हुन् कि भन्ने चिन्ता छ ।

दीकपाल कार्की र मञ्जिता केसीको साथमा साहिल खान चलचित्रका मुख्य कलाकार हुन् । वीवी फुयाँलले चलचित्रको निर्देशन गरेका छन् ।

विकास बोर्डमा एक कलाकारले चलचित्र विरुद्ध उजुरी हालेपछि ‘च्याम्पिएन’ रोकिएको थियो । तर, तोकिएको प्रदर्शन मितिपछि चलचित्रको सेन्सर भयो र ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको छ । अब चलचित्र प्रदर्शनका लागि तयार भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here