बसपार्क ट्वाईलेटबाट लागुऔषध प्रयोग गर्दागर्दै पक्राउ

25
Want create site? Find Free WordPress Themes and plugins.

धमेन्द्र असार, १
हेटौडाबाट सञ्चालनमा रहेको खबर ब्रेक डटकमले हेटौँडा १० बसपार्कमा रहेको शार्वजनिक शौचालय लागुऔषधको अगडा बन्दै गएको र शौचालयभित्र कोरेक्स सहित अन्य लागुऔषधका बोतलहरु रहेको भन्दै ‘शार्बजनिक शौचालयमा ‘कोरेक्स’ भन्ने विषयमा प्रकाशन गरेको समचारको प्रभाव स्वरुप प्रहरीले बसपार्कमा रहेको शार्वजनिक शौचालयमा लागु औषध प्रयोग गर्दै गरेको अवस्थामा एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । हेटौँडा बसपार्कमा रहेको प्रहरी साहायक निरिक्षक टेकबहादुर लामा नेतृत्वको प्रहरी टोलिले लागु औषध प्रयोग गर्दै गरेको अवस्थामा ट्वाईलेटबाट हेटौँडा ८ का विक्रम श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार पक्राउ परेको लागुऔषध प्रयोगकर्ता श्रेष्ठको साथबाट १ थान फेनार्गन, १ थान मोफिन, १ थान प्रगोग भएको खाली सिरिन्ज फेला परेको छ । उनलाई अनुसन्धानाको लागि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।
खबर ब्रेक डटकम

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here