बाढी पहिरोको विपद, ३७ जनाको मृत्यु

44
Want create site? Find Free WordPress Themes and plugins.

 साउन,२९–

बाढी पहिरोका कारण अहिलेसम्म ३७ जनाको ज्यान गएको छ । सुनसरीमा  ८, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा र दाङमा २/२, पाल्पा, बर्दिया र मकवानपुरमा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी सयौँ विस्थापित भएका छन् । सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न निर्देशन दिए पनि लगातारको झरीका कारण कठिनाई भएको छ ।

तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् । यस्तै बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेका तराईका उज्यालो सहकर्मीहरुले बताएका छन् । मोरङ, सुनसरी लगायत पूर्वी क्षेत्रमा अहिलेसम्म राहत पुर्‍याउन नसकेको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो ।

पानी परिरहेकाले उद्दार टोली पनि प्रभावित भएका छन् । यस्तै बर्दियाका ८० प्रतिशत भन्दा बढी भूभाग डुबानमा परेका छन् । बाढीमा पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि चार सय घर डुबानमा परेका छन् भने एक सय घरमा क्षति भएको छ । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।

मध्य र पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने

देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ । पूर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आइतबार मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असरले सोमबार बिहानसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । अहिले देशभरि नै पानी पारिरहेको यो प्रणाली सोमबारसम्ममा नेपालबाट बाहिरिने भएकाले सोमबार दिउँसोदेखि भने कम पानी पर्नेछ । तर झरी भने नरोकिने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।

देशका धेरै मुख्य सडकमा पहिरो

झरी तथा बाढीपहिरोका कारण धेरै ठाउँमा गाडी चल्न सकेका छैनन् । मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिउँसोदेखि खुलेको छैन भने पूर्वी जिल्ला जोड्ने विपी राजमार्ग पनि अबरुद्ध छ । यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध छ । पहिरोले काठमाडौंको साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने बाटो पनि अबरुद्ध भएको छ । नुवाकोट ओहोरदोहोेर गर्ने गाडी पनि पहिरोका कारण रोकिएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने भएको छ ।

पानी परिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । यस्तै मुग्लिनबाट पोखरा जाने बाटो खुलाउन भने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट मौवाखोला सडकखण्डमा सात ठाउँमा पहिरो खसेकाले तत्काल गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । झरीका कारण पहाडी जिल्लाका ग्रामीण भेगका बाटो पनि अबरुद्ध भएको छ । पहिरो र बाढीले देशका धेरैजसो ठाउँको सडक अस्तव्यस्त भएको छ ।

कुन कुन नदीमा खतरा बढी ?

नदी तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार पनि विभिन्न नदीमा पानीको सतहले खतराको तह पार गर्ने संभावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो । शाखाका अनुसार बबई नदीमा पानीको सतह अहिलेसम्म कै उच्च पुगेको छ । त्यहाँ पानीको सतह खतराको तह भन्दा धेरै माथि ९ दशमलव ९ मिटर पुगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार बेलुकासम्म नै सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । यस्तै पूर्वी राप्तीको रजैया र चितवनको माडीको रिउखोलामा पानीको सतहले खतराको तह पार गरेको छ ।

सोमबार बिहानसम्म नै रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बागमती, पूर्वराप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा लगायतका नदीमा उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । यस्तै पूर्वमा झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी उदयपुर, जनकपुर, धनकुटाका मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढीखोला, रातु कमला लगायतमा सोमबार बिहानसम्म नै उच्च जोखिम छ । यस्तै पश्चिममा कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने पश्चिम राप्ती, बबई लगायतका नदीमा सोमबार बिहानैसम्म उच्च जोखिम भएकाले सुरक्षित ठाउँमा बस्न शाखाले अनुरोध गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here