बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै

59
Want create site? Find Free WordPress Themes and plugins.

असार,२३-

बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी आउँदैछन् । बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षणका लागि प्रधानमन्त्री देउवा शुक्रबार (आज) सप्तरी आउने तय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुकटवालले  जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्री लोहजारा गाविसस्थित भेडिया मन्ठमा आउनेछन् । भेडियामन्ठसहित नजिकै रहेको मैनाकडेरी, रघुनाथपुरमा बाढीले बितन्डा मचाएको छ । पछिल्लो समयमा भएको अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी पसेको छ । धेरै व्यक्ति जोखिममा रहेका छन् । प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग भेट समेत गर्नेछन् । प्रधानमन्त्रीले पीडितहरुसँग केहीबेर भेटघाट गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी कटवालले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here