बाराको कोल्हबी नगरपालिकाको मत गणना स्थगित

6
Want create site? Find Free WordPress Themes and plugins.

असोज,४-

बाराको कोहल्बी नगरपालिकाको मतगणना ५ बजेदेखि स्थगित भएको छ । दिउँसो मत परिणाम सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले बढाएर परिणाम सुनाएको भन्दै दलका कार्यकर्ताले मतगणनामा रोक लगाएको बुझिएको छ । मतपरिणाम बाहिर सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले मत बढाएर सार्वजनिक गरेको भन्दै बाहिर मत परिणाम सुनेर बस्ने दलका नेता कार्यकर्ताले बिरोध जनाएका हुन् । उनीहरुले निर्वाचन अधिकृत राजेन्द्र थापाले पूर्वाग्रही रुपमा मत गणना गरेको भन्दै अधिकृत परिवर्तन गरी मतगणना गर्नुपर्ने आवाज उठाएका छन् ।

बिरोधसँगै दलका कार्यकर्ताबीच भनाभन समेत भएको थियो । अहिले मतगणना स्थलमा खन्याइएको मतपत्रहरु असरल्ल्ा छन् भने राजनैतिक दलहरुबीच कुरा नमिल्दा मत गणना सुचारु गर्नेबारे अन्योल भएको छ । दिउँसो ४ बजेसम्म नेपाली कांग्रेसले अग्रता थियो भने पछि वडा नं. २ को मत परिणाममा एमालेले पुरै प्यानलसहित जित हासिल गरेपछि नगरमा कांग्रेसलाई पछि पार्दै एमालेले अग्रता लिएको थियो । नेपाली कांग्रेसले निर्वाचन अधिकृत सहित कर्मचारी नै परिवर्तन गरी मत गणना सुचारु गर्नुपर्ने माग गरी विरोध गरिरहेको छ भने नेकपा एमालेले पुनः सहमतिमा समस्या समाधान गरी मत गणना सुचारु गर्नुपर्ने माग गरिरहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here