बाराक ओबामाकी छोरी रेस्टुरेन्टकी वेटर

82
Want create site? Find Free WordPress Themes and plugins.

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामाले अहिले एक रेस्टुरेन्टमा काम गरिरहेकी छन् । ह्वाइट हाउसको आराम छोडेर राष्ट्रपति ओबामाकी छोरी साशाले एक रेस्टुरेन्टमा वेटरको रुपमा काम गरिरहेकी छन् । १५ वर्षकी साशाले गर्मीको छुट्टीमा मासाचुसेट्सको मार्था वाइनयार्डमा रहेको एक रेस्टुरेन्टमा वेटरको काम गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रेस्टुरेन्टमा साशासँगै गुप्तचर विभागका ६ जना एजेन्ट पनि आउने गरेको बोस्टन हेराल्डले लेखेको छ । ओबामा परिवार गर्मीको छुट्टीमा प्रयाः यो शहर आउने गरेको छ । साशासँगै काम गर्दै आएका कर्मचारीले हेराल्डसँग भने ‘उनी तल्लो तलामा काम गर्ने थिइन् । उनी काम गर्न आउँदा अरु ६ जना किन आउँछन् भनेर । पछिको थाहा पायौँ कि उनी को हुन् भनेर ?’ ह्वाइट हाउसले साशाले काम गर्ने गरेको बारेमा केही बताउन चाहेन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here