बारामा आउँदो ४ गतेसम्म रक्सी खान र बेच्न नपाइने

25
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२७–

तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बारामा मंगलबारदेखि रक्सी खान र बिक्री वितरण गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले असोज ४ गतेसम्म रक्सीका साथै मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी गराउनु भयो । इजाजत पत्र लिएका पसल, होटल, रेष्टुरेन्ट समेतमा रक्सी बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

यस्तै तीनवटै सुरक्षा निकायका प्रमुखहरुले मंगलबार बाराको कलैया पुगेर सुरक्षा अवस्था बारे जानकारी लिनु भएको छ । बिहान नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंह बहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीले कलैया पुगेर बाराको सुरक्षा अवस्थाबारे जानकारी लिनु भएको हो ।  चुनावका लागि गरिएको सुरक्षाको तयारीबारे स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनु भयो । सुरक्षा चुनौती र समस्या बारेसमेत सुरक्षा निकाय प्रमुखहरूले जानकारी लिनु भएको हो । निरीक्षणका क्रममा अपराध नियन्त्रण गर्न र निष्पक्ष निर्वाचन गराउन प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिनु भएको प्रहरी उपरीक्षक वैदवारले जानकारी गराउनु भयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here