बारा र सुनसरीमा श्रीमतीको हत्या

66
Want create site? Find Free WordPress Themes and plugins.

साउन,११-

श्रीमानले श्रीमतिको हत्या गरेका छन् । सुनसरीको कोशी गाउँपालिकामा बुधबार ३० वर्षीय रामकुमार यादवले श्रीमती २७ वर्षीया संगीता यादवको हत्या गरेपछि भाण्टाबारी प्रहरी चौकीमा आत्मसमर्पण गरेका हुन् । प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिका-१ राजापोखरी भन्ने स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । यादवले ससुराली पक्षको तनावका कारण आफूले श्रीमतीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

यता बाराको कलैया उपमहानगरपालिका-२४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका छन् । बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीकृष्ण फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । कुन्तीदेवीको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ ।

रासस 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here