बार्सिलोनाको जितमा मेस्सीको ३० औं गोल

30
Want create site? Find Free WordPress Themes and plugins.

१७ फागुन, काठमाडौं । लिओनल मेस्सीले लगातार आठौं सिजन ३० गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ ।

सुरुवाति २० औं मिनेटमा नै एक गोलले पछि परेको बार्सिलोनाले मेस्सीको गोलसँगै पुनरागमन गर्‍यो र सेभिल्लामाथि २-१ को ति हात पारेको छ ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा सेभिल्लाले २० औं मिनेटमा पेरेजको गोलबाट अग्रता लिएको थियो । तर, ३१ औं मिनेटमा मेस्सीले बराबरी गोल फर्काए । उनले फि्रकिकमा गोल गरेका हुन् । यो मेस्सीको सिजनको ३० औं गोल हो, जसमध्ये ला लिगामा १६ गोल छ ।

खेलको ४८ औं मिनेटमा जेरार्ड पिकेले गोल गरे । खेलमा थप गोल हुन सकेन र बार्सिलोना २-१ ले विजयी भएको छ । यो जितसँगै ३४ खेलमा अपराजित बार्सिलोनाले ८ अंकको अग्रता लिएको छ । साथै ला लिगामा लामो समयसम्म अपराजित रहने रियल मडि्रडको १९८८-८९ सिजाको रेकर्डसँग बराबरी गरेको छ । साथै चिरप्रतिद्वन्द्वी रियल मडि्रड बार्सिलोनाभन्दा १२ अंकले पछाडि परेको छ ।

बार्सिलोनाको २६ खेलबाट ६६ अंक छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मडि्रडको ५८ र रियल मडि्रडको ५४ अंक छ । ४१ अंक जोडेको सेभिल्ला छैटौं स्थानमा छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here