बिएस्सी तेस्रो वर्ष र व्यवस्थापन स्नातकोत्तर दोस्रो वर्षको रिजल्ट सार्वजनिक

30
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १६ – त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गएको जेठ र असार महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन गरिएको छ । यसैगरी २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि बिहीबार नै प्रकाशन गरिएको छ ।  त्रिविका अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०१४७, १४०२३७, ३२००३१, ३२००३२ र ३९०८७८ लाई दुई वर्षसम्मका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको छ ।  परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.net.ntc.np  मा हेर्न र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here