बिप्लब माओवादीद्रारा कास्कीमा १८ रोपनी जग्गा कब्जा

18
Want create site? Find Free WordPress Themes and plugins.

असार १० – नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओवादीले कास्की लेखनाथ नगरपालिका-८ मा १८ रोपनी जग्गा कब्जा गरेको छ ।

बिप्लब माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी कास्कीको नेतृत्वमा लेखनाथमा जग्गा कब्जा भएको हो । माओवादीले लेखनाथ नगरपालिका–८ साबिक शिशुवा ३ मा रहेको कित्ता नम्बर ४१५, ४१४ र ४०९ को १८ रोपनी सार्वजनिक जमिनमा शुक्रबार पार्टीको झण्डा गाडेर जग्गा कब्जा गरेको हो ।

पञ्चायतकालदेखि नै सार्वजनिक भनेर पुष्टि हुँदै आएको जमिन स्थानीय अर्जुन भारी र बिरेन्द्र भारीले पैसा, सत्ता र शक्तिको आडमा नगरपालिकाका उच्च कर्मचारी र स्थानीय नेताहरुलाई मोटो रकम कमिसन दिएर आफ्नो नाममा दर्ता गर्न लागेको माओवादीले आरोप लगाएको छ ।

गलत हर्कत रोक्न र जमिनमा बसोबास गरिरहेका सुकुम्बासीको उचित ब्यवस्थापन गर्न आग्रह गर्दै जग्गा कब्जा गरेको माओवादी जन परिषद कास्की प्रमुख जगन तिवारीले जानकारी दिनुभयो ।

जमिनलाई दर्ता गर्ने प्रयास भएमा कमिसनका खेलाडीलाई सशक्त कारवाही गर्ने तिवारीले चेतावनी दिनुभएको छ ।सार्वजनिक जग्गालाई लेखनाथ नगरपालीका कार्यकारी प्रमुख र कानुन अधिकृतको मिलेमातोमा भूमाफियाले ब्यक्तिगत गर्न खोजेको पनि उहाँको आरोप छ ।

आफ्ना सयौं कार्यकर्ताको उपस्थितिमा झण्डा गाड्ने काम भएको र कार्यकम समापनपछि माओवादी कार्यकर्ताले बेगनासताल वजार वरिपरि पर्चा समेत वितरण गरेको अखिल नेपाल किसान संघ क्रान्तिकारी कास्कीका अध्यक्ष पुष्प कार्कीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here