बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने सरकारको निर्णय

42
Want create site? Find Free WordPress Themes and plugins.

जेठ,१७-

सरकारले बिराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिराटनगर र वीरगञ्ज उपमहानगरलाई महानगरमा स्तरोन्नती गर्ने निर्णय गरेको हो । उपमहानगरलाई महानगरमा बनाउँदा यसअघि कायम रहेको सीमा र वडा संख्यालाई नै कायम गरिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र निर्वाचनलाई कुनै असर नपर्ने गरी महानगर बनाउने निर्णय गरिएको स्थानीय विकास सचिव दिनेश थपलियाले  बताए ।

सरकारले यसअघि तराई मधेसमा २२ स्थानीय तह थप्नुका साथै बिराटनगर र वीरगञ्ज महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत मुद्दाको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन गर्न रोकेको छ । यो निर्णयसँगै महानगरपालिकाको संख्या ६ पुगेको छ । पहिला काठमाडौं मात्र महानगर रहेकोमा स्थानीय तह पुर्नसंरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगरपालिका भएका थिए ।

गच्छदारको प्रस्ताव

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको थियो । वीरगञ्ज र बिराटनगरलाई महानगरपालिका बनाउने प्रस्ताव बोकेर उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार बैठकमा गएका थिए । तर, क्याबिनेट सिंहदरबारमा बसिररहेको ठानेर गच्छदार सिंहदरबारतिर लागे । त्यहाँ पुग्दा बैठकको चालचुल नदेखेपछि उनले सोधखोज गर्दा क्याबिनेट बालुवाटारमा बसिरहेको थाहा भयो ।

तर, गच्छदार बालुवाटार नपुग्दै बैठक सकिएको खबर आयो । गच्छदारको प्रस्तावमा बिहीबार बिहान निर्णय गर्ने प्रधानमन्त्रीले सल्लाह दिए । तर, बुधबार दिउँसो प्रधानमन्त्री, स्थानीय विकास मन्त्री, मुख्य सचिव र स्थानीय विकास सचिव मिलेर महानगर बनाउने प्रस्तावलाई क्याबिनेटबाट औपचारिकता दिएको स्रोतले  बतायो । बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने निर्णय भएको कतिपय मन्त्रीहरुले समेत पत्तो पाएनन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here