बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु

37
Want create site? Find Free WordPress Themes and plugins.

असार ८ – भारतको बिहारमा चट्याङ लागेर २९ जनाको ज्यान गएको छ । बिहारका विभिन्न जिल्लामा परेको चट्याङ लागेर उनीहरुको ज्यान गएको त्यहाँको विपद न्यूनिकरण विभागले जनाएको छ । विभागका अनुसार पटनामा ६ जना तथा नालन्दा र खौरन्गाबादमा चार/चार जनाको ज्यान गएको हो । यस्तै भोजपुर, बक्सर, रोहतास र केमुर जिल्लामा तीन/तीन तथा मुंगेरमा दुई जना र गयामा एक जनाको चट्याङ लागेर ज्यान गएको हो ।

ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार/चार लाख भारतीय रुपैयाँ दिइएको बिहार सरकारले जनाएको छ । चट्याङ लागेर ९ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।
– एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here