बुटवलमा कांग्रेसले वडाध्यक्ष जित्यो, मेयरमा हारको खतरा

103
Want create site? Find Free WordPress Themes and plugins.

असार,२०-

नेकपा एमालेलाई रोक्दै बुटवल उपमहानगरपालिकाको वडा नम्बर १३ मा नेपाली कांग्रेसका नारायण पुन विजयी भएका छन् । यसअघि १ देखि १२ सबै वडा एमालेले जितेको अवस्थामा यो जितले कांग्रेसलाई राहत दिएको छ । तर, माओवादीसँग चुनाव तालमेलका बावजुद मेयरमा भने कांग्रेसले हार्ने सम्भावना बढेको छ । मेयरमा कांग्रेसका उम्मेदवार २३८९ मतले पछि परिसकेका छन् । पछिल्लो तथ्यांक अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले १६ हजार ३११ मत पाएका छन् । सुरुदेखि नै अग्रता लिइरहेका एमालेका उम्मेदवार शिव सुवेदीले १८ हजार ७०० मत पाएका छन् । एमाले कांग्रेसको मतान्तर २ हजार ३८९ छ ।उपमेयरमा भने एमालेको जित पक्काजस्तै भएको छ । एमाले उम्मेदवार गोमा आचार्यले २० हजार ३९५ मत पाएकी छन् । कांग्रेसको समर्थन पाएका नेकपा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले ११ हजार ५०७ मत ल्याएका छन् ।

कहाँ फेल खायो कांग्रेसको हिसाव ?

बुटवल एमालेको राम्रो पकड भएको क्षेत्र हो । त्यसमाथि प्रदेश नम्बर ५ को सीमांकन हेरफेर प्रस्तावविरुद्ध भएको आन्दोलनको केन्द्र समेत बुटवल नै रहृयो । यसर्थ एमाले प्रमुख दाबेदार नै हो । तर, माओवादी केन्द्रसँगको चुनावी तालमेल र मेयरका उम्मेदवार सीमांकन हेरफेरको आन्दोलनमा सक्रिय व्यक्ति भएकाले कांग्रेसले यो पटक लालकिल्ला तोड्ने प्रयास गरेको थियो । कांग्रेस माओवादी गठवन्धनले सुकुम्बासीको भोटबाट बढी आश गरेका थिए । तर, झण्डै ३ हजार मत रहेको वडा नम्बर २ र ११ हजार मत रहेको वडा नम्बर ११ को अपेक्षाकृत मत कांग्रेसले पाएन । वडा नम्बर २ मा झण्डै ८ सय र ११ मा झण्डै १५ सय बढी मत एमाले उम्मेदवार शिव सुवेदीले पाए । यो मतान्तर किनै कम होला भन्ने कांग्रेसको अनुमान थियो, जुन गलत सावित भयो र, अब यही मतले एमालेका शिव सुवेदीलाई बुटवलको मेयर बनाउने सम्भावना बलियो बनाएको छ । बुटवलका १९ वडामध्ये अहिले १४ को गणना भइरहेको छ । त्यसपछि क्रमशः १५, १६, १७, १८ र १९ को गणना हुनेछ । यो सबै गर्दा झण्डै १० हजार मत गन्न बाँकी छ । अहिलेसम्म ३९ हजार ७०४ मत गणना भएको छ । बुटवलमा ६६ हजार मतादाता रहे पनि ४९ हजार मत खसेको थियो ।

तर, कांग्रेसले आश मारेको छैन

अहिलेसम्म २३ सय बढी मतले पछि परे पनि कांग्रेसले जित्ने आश मारेको छैन । मेयरका उम्मेदवार खेलराज पाण्डेले बुधबार १० नबजेसम्म आफूहरुले केही नभन्ने प्रतिक्रिया दिएका छन् । अब गणना हुन बाँकीमध्ये एउटामा आफ्नो पटड राम्रो रहेको कांग्रेसको दाबी छ । र, यदि अर्को एउटा वडाबाट पनि अनपेक्षित मत आयो भने जित्न सक्ने उसको अनुमान छ ।

नारायण पुनले दिएको राहत

वडा नं. १३ मा कांग्रेसका नारायण पुनले वडाध्यक्ष जितेका छन् । यसअघि सबै वडाको वडाध्यक्ष एमालेले जितेको थियो । वडाका अधिकांश सदस्य पनि एमालेबाटै विजयी भएका थिए । तर, १३ मा पुनले १ हजार ७६५ मत पाए भने एमालेका योग गुरुङ १ हजार ३६३ मत मात्र पाएर पराजित भएका छन् । पुन ४०२ को मतान्तरले गुरुङलाई पछि पार्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here