बुद्ध एयरले दियो दशैंमा आर्कषक छुट

162
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१८

बुद्ध एयरले असोज १५ देखि २४ सम्म विभिन्न गन्तव्यहरुमा सस्तो टिकट बिक्री गरिरहेको छ । विराटनगरबाट काठमाडौं, भद्रपुरबाट काठमाडौं, जनकपुरबाट काठमाडौं तथा नेपालगञ्जबाट काठमाडौंको हवाइ भाडादार अन्य दिनहरु भन्दा निकै कम गरेको बुद्ध एयरका मार्केटिबक विभागका वरिष्ठ कार्यकारी प्रवन्धक परासरजङ्ग पाँडे बताउँछन् । यस्ता कम भाडादरका टिकट प्रत्येक उडानमा यात्रुको चाप अनुसार फरक-फरक हुनेछन् । दशैं छुटका टिकटहरु सिमिति मात्रामा मात्रै छोडेको पाँडेले थपे । चाँडपर्वको सुरुवातसँगै विशेषतः राजधानी आउने र फर्किने क्रम ह्वातै बढ्ने गरेको छ । असोजदेखि कात्तिकसम्म राजमार्गहरुमा गाडीहरुको चाप निकै बढ्छ । दशैं, तिहार लगत्तै छठ पर्वका कारण यात्रीहरुको आउजाउ हजारौं हजारमा हुन्छ । नारायणगढ-मुग्लिन सडकखण्डमा भइरहेको निर्माणका कारण यातायातमा निकै कठिनाई भोगेको यात्रुलगायत बस व्यवसायीहरुको छ । त्यसैले बुद्ध एयरले यात्रुका लागि छुट दिएको हो ।

कहाँ जान कति छुट ? 

गन्तव्य अधिकतम भाडा दशैं छुट
विराटनगर-काठमाडौं ५,९४० २,०००
भद्रपुर-काठमाडौं ७,२५० ३,२००
जनकपुर-काठमाडौं ३,५२० २,०००
नेपालगञ्ज-काठमाडौं ७,८१० ३,७००
Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here