बेलायत पुगेर यूवती नपाएको गुनासो गरे राजेशपायलले

64
Want create site? Find Free WordPress Themes and plugins.

केही बर्षदेखि गायक राजेश पायल राइले मन मिल्ने केटी पाउन नसकेको गुनासो गर्न थालेका छन् । स्टेज कार्यक्रम होस् या मिडियासँगको कुराकानी नै किन नहोस्, युवतीको प्रसंग आउने बित्तिकै भनिहाल्छन् ‘मैले त मन मिल्ने केटी नै पाईन ।’

सांगीतिक कार्यक्रमका लागि बेलायत पुगेका राइले फेरि त्यही कुरा दोहोर्‍याए । जीबनमा धेरै युवतीहरु भेटेपनि मन मिल्ने केटी पाउन नसकेको गुनासो वेलायतवासी नेपाली सामु उनले गरेका छन् ।

लण्डनको आसफोर्ड केन्टस्थित नर्थ स्कुलमा सम्पन्न कार्यक्रममा सहभागी हुन पुगेका राईले भने-‘अहिलेसम्म मनले खाएको केटी भेट्दै भेटिनँ ।’ भेट भएका मध्ये केही उमेरमा सानो भएको त केहीसँग मनको कुरा गर्नै नसकेको उनको भनाई थियो ।

स्टेजमा गीत गाउँदा प्रेम र विवाहको कुरा गरेर दर्शकलाई मख्ख पार्ने वानी छ उनको । उक्त कार्यक्रममा राइले ‘नाई नभन्नु ल-२, नाई नभन्नु ल-४, फूलै फूलको मौसम तिमीलाई, राम प्यारी, दिक्तेल बजार, छैन तिमी बाहेक, नौ जाले मायाले’ लगायतका दुई दर्जन बढी गीत प्रस्तुत गरे ।

स्थानिय गायक-गायिका भुमिराज राई, सुनिता थेबे, ईश्वर चाम्लिङ, संञ्जिब पारदर्शी, इतिसा नेम्वाङ लगायतको पनि उपस्थिती थियो ।

मिनी वल्डटुरका लागि निस्किएका राइले यसअघि मलेसिया, साइप्रस लगायतका मुलुकमा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here