बैतडीमा चुनावको रौनक, उम्मेद्वार खोज्दै राजनीतिक दल

83
Want create site? Find Free WordPress Themes and plugins.

चैत,१७–

सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनावको मिती घोषणा गरेसँगै बैतडीमा चुनाबको सरगर्मी बढेको छ । झण्डै २ दशकपछि स्थानीय तहको चुनाव हुने भएपति बैतडीका बासिन्दा खुशी भएका छन् । अहिले गाउँघरमा चुनावी रौनक बढेको छ । स्थानीयहरु चुनावमा कसलाई मत दिने भन्दै चर्चा परिचर्चा गर्न थालेका छन् । चियापसल, मेलापत, खेतबारीमा कामगर्दा पनि चुनावकै कुरा हुने गरेको पाटनका केशब बिष्टले बताउनुभयो । गाउँमा हुने भेला तथा सभामा स्थानीयको सहभागिता पनि बढेको छ । महिलाहरु पनि चुनावी चर्चामा लागेका भेटिन्छन् । लामो समयपछि स्थानीय तहमा आफूलाई मनपर्ने जनप्रतिनीधि चुन्न पाउने आशाले खुशी लागेको बैतडीका पुजा भट्टले बताउनुभयो । लामो समयदेखि जनप्रतिनीधि बिहीन भएकाले अब नागरिकले आफूलाई मनपर्ने प्रतिनीधि रोज्न पाउने भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । आफूहरुले झेल्दै आएका समस्या अब चुनाव भएपछि कम हुने आशमा खुशी लागेको गुरुखोलाका बिरेन्द्र भट्टले बताउनुभयो । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा बैतडीमा रहेका ठूला दलहरू सम्भावित उम्मेदवार खोज्न केन्द्रित भएका छन् । सबैजसो दलले प्रतिद्वन्द्वी उम्मेदवार पर्खंदै टुंगो लगाउने योजना बनाएका छन् । पद र उमेरभन्दा पनि जनमत आकर्षित गर्न सक्ने र स्थानीय निकाय सञ्चालन गर्न सक्ने क्षमताका आधारमा उम्मेदवार छनौटमा केन्द्रित भएका छन् । विकासे योजना छनौट र उपभोक्ता समितिको काममा केन्द्रित हुने राजनीतिक कार्यकर्ता चुनाव लक्षित गतिविधिमा केन्द्रित हुन थालेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका क्षेत्रमा सभा र भेटघाट बढाएका छन् । कांग्रेसले १० वटै स्थानीय निकायमा सम्भावित उम्मेदवार पहिचान गर्न टोली खटाएको छ ।  अहिले सबै गाउँपालिका तथा नगरपालिकामा चारतारो लोकतान्त्रिक चौतारी अभियान अन्तर्गत सभाहरु भइरहेको कांग्रेस बैतडीका सचिव वीरबहादुर बिष्टले जानकारी दिनुभयो । एमालेले गाउँ केन्द्रित ४ महिने जनपरिचालन अभियान सकेको छ । स्थानीय चुनाव केन्द्रित अभियानका लागि १० वटै निकायमा खटाउन टोली गठन गरेको छ । माओवादी केन्द्रले टोलस्तरमा रहेको सेल कमिटी हुँदै गाउँ तहबाट उम्मेदवारबारे सुझाव संकलन थालेको जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here