ब्याटिङ नचल्दा यूएईसँग फेरि हार्‍यो नेपाल

49
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,२२-

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित भएको छ । ब्याट्सम्यानहरु नचल्दा यूएईले दिएको १९६ रनको मध्यम स्कोर पछ्याउन नेपाल असफल भयो र ६३ रनको हार व्यहोर्‍यो । यूएईले अद्नान मुफ्तीको आक्रामक शतकको मद्दतमा १ सय ९५ रन जोडेको थियो । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईको पाँच विकेट लिन सफल भए पनि त्यो नेपाललाई जिताउन पर्याप्त भएन । टस हारेर पहिले ब्याटिङ गरेको यूएई सुरुमा निकै दवावमा आएको थियो । सोमपालले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका थिए । एक समय १८.३ ओभरमा पाँच विकेट गुमाएर ३९ रनको स्थितिमा रहेको यूएईलाई सातौं नम्बरका ब्याट्सम्यान अद्नान मुफ्तीले उद्दार गरे । उनले नेपालका स्पिनरहरुमाथि हावी हुँदै ८९ बलमा ८ चौका र ३ छक्कासहित १०४ रन बनाए । ८७ बलमा उनले शतक पुरा गरेका थिए । उनलाई सोमपाल कामीले ४७ औं ओभरमा बोल्ड गरे । पाँच विकेट लिएका सोमपालले १० ओभर बलिङ गर्दा २७ रन मात्र खर्चिए । नेपालका कप्तान पारस खड्का, सन्दिप लामिछाने, ललित भण्डारी र सागर पुनले १-१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन । प्रारम्भिक ब्याट्सम्यान दिलिप नाथ ६ बलको सामना गर्दै कुनै रन नबनाई आउट भए । अघिल्लो म्याचमा अर्द्धशतक बनाएका शरद भेषावकरले पनि कुनै चमत्कार देखाउन सकेनन् । ३० बल खेल्दै दुई चौकासहित १३ रन बनाएर उनी आउट भए । चौंथो नम्बरमा आएका कप्तान पारस खड्का पनि असफल भए । उनले १५ बलमा १० रन बनाए । पारसपछि आएका सागर पुनले ४३ बल खेल्दै २ चौकाको सहयोगमा २१ रन बनाए । क्रिजमा लामो समय संघर्ष गरेका भरपर्दा ओपनर ज्ञानेन्द्र मल्ल अर्द्धशतक बनाउन चुके । उनले ९० बलमा बिना कुनै बाउन्ड्री ४२ रन बनाएर आउट भए । ज्ञानेन्द्र आउट हुँदा नेपाल ९१ रनमा ५ विकेटको अवस्थामा थियो । त्यसपछि पनि विकेट झर्ने क्रम रोकिएन । आरिफ सेख २५ बलमा १४ रन बनाएर आउट भए । उनीपछि आएका सोमपाल कामी र बसन्त रेग्मीले खाता पनि खोल्न सकेनन् र लगातार बलमा आउट भए ।

सातौं नम्बरमा आएका ब्याट्सम्यान विनोद भण्डारीले नेपाललाई ब्यूँताउने प्रयास गरे पनि उनलाई साथ दिने कोही भएनन् । उनी ३० बलमा एक चौका र एक छक्का सहित २५ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भए । नेपाल र यूएई यसअघि नै डिभिजन २ मा घटुवा भएका टोली हुन् । यस म्याच सँग विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले खेल्ने सबै म्याचहरु सकिएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here